गायिका बिष्णु माझीको यो वर्षको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ । ‘पुतलीको भट्टी–२१’ अन्तर्गत यो गीत बुधबार बिहान सार्वजनिक गरिएको हो।
सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत छ । यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन् । गीतका शब्दहरु मार्मिक भए पनि लय र भिडियोको अवधारणामा नयाँपनको अभाव छ।
यो पटक पनि गीतको भिडियोमा मोडल ललिता पौडेलले अभिनय गरेकी छन्, जो सँधै बिष्णु माझीका पछिल्ला तिज गीतमा लगातार देखिँदै आएकी हुन्छिन् ।
एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । भिडियो हेर्दा पहिले धेरैपटक हेरेकोजस्तो महसुस हुन्छ । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ । तर, यो गीता सार्वजनिक भएसंगै चर्चा पनि सुरु भएको छ।