दीपाश्रीले साइन गरिन् नीताको ‘पार्वती’

२९ साउन २०८२ ६:०९

चलचित्र ‘छक्का पञ्जा’ श्रृंखलाकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले यतिबेला बाहिरी ब्यानरका फिल्महरु धमाधम साइन गरिरहेकी छिन्। केहि समय अगाडि अर्जुन घिमिरेले निर्देशन गर्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ साइन गरेकी उनले अभिनेत्री नीता ढुंगानाले निर्देशन गर्ने नयाँ चलचित्र ‘पार्वती’ साइन गरेकी छिन्।

चलचित्र‘पार्वती’मा उनी प्रमुख भूमिका मध्यको एक भूमिकामा अनुबन्धित भएकी हुन् । मंगलबार नीता र दीपाश्री बीच लिखित सम्झौता भएको हो ।

यो चलचित्रमा अनुबन्धित भएपछि दीपाश्री उत्साहित देखिएकी छिन्। त्यस्तै, दीपाश्रीलाई आफ्नो चलचित्रमा अनुबन्धित गर्न पाउदा नीताले पनि खुशी व्यक्त गरेकी छिन्। चलचित्रमा नीता स्वयंको मुख्य भूमिका रहनेछ।

आगामी असोजदेखि छायांकन सुरु हुने यो चलचित्रको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको सहायक निर्देशकको रूपमा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी छन् ।

भारतीय छायाँकार कवीर लाल र शाहिद लालले यो चलचित्रलाई खिच्नेछन् । सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने चलचित्रलाई नीता फिल्म्सको ब्यानरमा निर्माण गर्न लागिएको हो। चलचित्रको कथा नीताको आफ्नै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *