सारङ्गी’ जस्तै ‘जनै हराएको मान्छे’लाई दर्शकले रुचाउलान् ?

२९ साउन २०८२ ५:२०

अभिनेता विजय बरालको प्रमुख भूमिका रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ यहि भदौ ६ गते रिलिज हुँदैछ । ‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय मुख्य भूमिकामा रहेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ दोस्रो चलचित्र हो ।

यो चलचित्र रिलिज हुुँदा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजयको रापतापले काम गर्ला कि नगर्ला भन्ने धेरैमा कौतुहलता पनि छ । यता, यो पनि परिवारका सदस्यबीचको इमोस्नल कथा नै रहेको र गाउँले परिवशेषकै कथा भएकाले दर्शकले मन पराउनेमा निर्देशक हिमाल न्यौपाने ढुक्क छन् ।

हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रले गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोस्नल सम्बन्ध र उही अनुभवी पात्रको कथा भन्छ। विजयको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई जस्तै यसलाई पनि दर्शकले मन पराउने अभिनेता विजय बरालको विश्वास छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *