दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।
गत जेठ ३० गते प्रदर्शनमा आएको यो चलचित्र नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो। यसको कथामा एक बैङ्कका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो।
विकास सुवेदीको लेखन तथा हिमाल कडरियाको निर्माण रहेको चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्यालको अभिनय छ।