आगामी असोज ३ गते आउने भनिएको चलचित्र ‘सोल्टिनी’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । बुझिएअनुसार, पोस्टापोण्ड भएको यो चलचित्र अब तिहारको भाइटिकाबाट प्रदर्शनमा आउने भएको हो।
तर, यस विषयमा निर्माणपक्षले अहिलेसम्म केहि कुरा बताएको छैन् । तर, चलचित्र भाइटिकामा प्रदर्शन गर्ने तयारी निर्माणपक्षको छ। चलचित्रमा विल्सन विक्रम राई, सब्बु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।
रेजिना बिष्ट र संसार चौलागाईंको लगानीमा बनेको चलचित्रलाई प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा तयार पारिएको हो । इलाममा छायांकन भएको यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ ।