दया र विजयको ‘बरिष्ठ बलराम’ भाइटीकामा आउने

२७ साउन २०८२ ७:३९

अभिनेताद्वय दयाहाङ राई र विजय बरालको प्रमुख भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति केही दिन पछाडि सरेको छ । चलचित्रको प्रदर्शन मिति हेरफेर भएर ३ दिनपछाडि धकेलिएर कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने भएको हो।

यो चलचित्र ३ दिनपछाडि धकेलिएपछि असोजको ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जेरीः अन टप’ले सोलो रिलिज पाउने संभावना तिव्र देखिएको छ ।

यसअघि यो चलचित्र लक्ष्मीपूजालाई प्रदर्शन घोषणा गरिएको थियो। सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको हाल पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

महेश दवाडीको कथा लेखन रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन, प्रदीप लामाको कोरियोग्राफी छ । चलचित्रको छायांकन चितवन र हेटौंडामा गरिएको छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, गौमाया गुरुङ, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *