नायक सौगात मल्ल र नायिका बेनिशा हमालको प्रमुख भूमिका रहेको चलचित्र सिटामोल’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया ब्पाएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले पाएको प्रतिक्रियाले सौगात र बेनिशा पनि निकै खुशी छन् ।
शुक्रबार र शनिबार काठमाडौंका विभिन्न हलमा पुगेका सौगात र बेनिशा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ आएपछि उत्साहित देखिएका हुन् । यो चलचित्रको कथावस्तुले मन जितेको र निकै भावुक बनाएको दर्शकको प्रतिक्रिया छ । दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि नायक सौगात खुशीले दंग पर्दै नसोचेको सफलता हासिल गरेको बताउछन्।
त्यस्तै, नायिका बेनिशा हमालले आफूलाई रातभर तनाव भएर सुत्न नसकेपनि दर्शकबाट पाएको प्रतिक्रियाले भने हर्षित भएको बताइन् ।
तुल्सीदेवी फिल्म प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा प्रदीप भारद्धाजको कथा, सिमोस सुनुवारको प्रस्तुति, भुगोल कुमार कार्की र विकास राज जोशीको लगानी छ । चलचित्रमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतका कलाकारहरूको अभिनय छ ।