निता फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘पार्वती’का दुई पोस्टर रिलिज गरिएको छ। नायिका निता ढुंगाना अधिकारीको निर्देशन रहने यो चलचित्रको प्रदर्शन मिति घोषणा सहित २ पोस्टर सार्वजनिक गरिएको हो।
प्रदर्शन घोषणासंगै आगामी माघ १ गते रिलिज तोकिएको चलचित्रको पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि,सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्।
असोजबाट छायांकन सुरु हुने यो चलचित्रको कथा निता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन्।
हास्य,भावना र सामाजिक सन्देश मिसिएको कथामा निर्माण हुने चलचित्रले एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षको कथा भन्नेछ।
निर्देशक अधिकारीका अनुसार यो चलचित्रको कलाकार तथा थप प्राविधिकहरुको बारेमा केहि दिनमा जानकारी दिइने छ।