‘जदौ’ मा भित्रीइन् नवनायिका राजश्री

२४ साउन २०८२ ५:५७

काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने चलचित्र ‘जदौ’मा नव अभिनेत्री राजश्री थापा अनुबन्धीत भएकी छिन । मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन् ।

राजश्रीको प्रवेशसंगै चलचित्रमा कलाकारको लाइनअप पूरा भएको छ। चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने,गीता अधिकारी,शारदा गिरी,सन्ध्या श्रेष्ठ,अनिल सुब्बा लगायतका कलाकारले अभिनय रहनेछ ।

अन्तरजातीय प्रेमसम्बन्ध र सामाजीक कुरिती बिरुद्दको कथा यो चलचित्रले भन्नेछ। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रलाई दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने छ ।

भदौ पहिलो साताबाट खिचिने यो चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,सुमीत्रा देवकोटा,गोकुल केसी र नारायण शास्त्री, बुद्धि माझी निर्माण ब्यबस्थापक, छायांकन श्याम तामाङ र काजी लिम्बूको लेखन रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *