कस्तो लाग्यो ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर ?

२३ साउन २०८२ १४:४१

आगामी दशैँको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। निर्माणपक्षले बिहिबार सार्वजनिक गरेको यो चलचित्रको पोस्टरमा प्रमुख तीन कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्।  

चलचित्रको पोस्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ।  पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्।  प्रकाश केही रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन्।  यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ। शान थापा र विजय वस्यालले पोस्टर तयार पारेका हुन्।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। 

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्।  कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।  वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *