‘सुख दु:ख’को महत्वपुर्ण भुमिकामा विपना अनुबन्धित

२३ साउन २०८२ ५:४१

चलचित्र ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको यो चलचित्रको लागि बुधबार विपनालाई अनुबन्धित गरिएको हो। यसअघि यो चलचित्रमा कलाकारद्वय मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

चलचित्र ‘ह्रस्वदीर्घ’मा नीता र विपनाले पहिले नै सहकार्य गरिसकेका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो। विपनाले ‘सुख दुख’मा जोडिन पाउँदा खुसी लागेको बताईन्। यो चलचित्रको कथा सुन्ने बित्तिकै मन परेको र नीतासंग पुन: सहकार्य गर्न पाउदा निकै उत्साहित भएको बताईन्।

नीताका अनुसार, यो चलचित्रमा विपनालाई एक महत्वपुर्ण भुमिकाको लागि अनुबन्धित गरिएको हो। चलचित्रमा उनको निकै नै महत्वपुर्ण भूमिका रहने छ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्ने यो चलचित्र आगामी दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ। एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरणको जिम्मा पाएको चलचित्रको छायांकन फागुनदेखि चर्चित भारतिय छायांकार कवीरलाल र शाहिदलालले गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *