‘मोहर’को बूकिङ खुला, कती पायो शोज ?

२२ साउन २०८२ ७:४५

शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘मोहर’को बूकिङ देशभरका मुख्य मल्टिप्लेक्सहरुले खुलाएका छन् । केही हलले मंगलबार नै बूकिङ खुलाएका हुन् भने केही हलहरुले आजबाट बूकिङ खुलाएका छन् ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई एलाइट सिनेमा, इटहरीमा ४ शोज, बीग मुभिजमा २ शोज, क्यूएफएक्स छायाँमा २ शोज, आई एन आई सिनेमाज् लोत्सेमा ३ शोज, आइएनआई सिनेमाज् बानेश्वरमा ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ४ शोज, वान सिनेमाज् कालिमाटीमा २ शोज मिलेको छ ।

यस्तै, एफक्यूब हलमा ३ शोज, क्यूएफएक्स राइजिङ मलमा १ शोज, बीएसआर मुभिज, गोङ्गबुमा ३ शोज, क्यूएफएक्स भक्तपुरमा २ शोज, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शोज, क्यूएफएक्स जलमाले २ शोज, क्यूएफएक्स सिजी मल चितवनमा २ शोज, कावासोती सिनेमाजमा ३ शोज, म्याङ्गो जन ज्योती पर्सामा २ शो, क्यूएफएक्स बुटवलमा २ शोज, क्यूएफएक्स एपेक्स मल दमौलीमा २ शोज, क्यूएफएक्स विराटनगरमा एक शो, क्यूएफएक्स विर्तामोडमा २ शोज, पाथीभरा सिने प्लाजा विर्तामोडमा २ शोज, एसटीसी सिनेमामा २ शोज, सीडीसी सिनेमाज सुनधारामा ४ शोज मिलेको छ ।

क्यूएफएक्स लाबिम मलमा २ शोज, क्यूएफएक्स सिभिल मलमा ३ शोज, क्यूएफएक्स दरबारमा १ शोज, क्यूएफएक्स सिटी स्वायरमा ३ शोज, क्यूएफएक्स बागेश्वरीमा २ शोज मिलेको छ । अझै थुप्रै मल्टिप्लेक्सले शोज खुलाउन बाँकी नै रहेकाले पनि यो चलचित्रले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

देउकी प्रथाको कथा भन्ने यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *