‘कबड्डी ५’को छायांकन दशैं लगत्तै हुने

२२ साउन २०८२ ४:३८

निर्माता तथा निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘कबड्डी ५’को छायांकन दशैं लगत्तै सुरु हुने निर्माणपक्षले जनाएको छ। निर्देशक गुरुङका अनुसार, यो चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकार दोहोरिने छन्।

त्यस्तै, यो चलचित्रमा शीर्ष कलाकार बाहेक अन्य कलाकार नयाँ रहने पनि निर्देशक गुरुङले बताए। दशैँको टीकाको भोलिपल्टदेखि नै यसको निर्माणटिम छायांकनका लागि मुस्ताङ प्रस्थान गर्नेछ।

यो चलचित्रका कलाकार विजय बरालले पनि दशैं टीकाको भोलिपल्टदेखि नै आफूहरू छायांकन थलोमा जाने तयारी गरेको बताए । बरालले भने, ‘हामी टीकाको भोलिपल्टै मुस्ताङ जाने तयारीमा छौ।’

यो चलचित्रमा रामबाबुकै कथा रहनेछ। रामबाबु यतिबेला चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । कबड्डीका अघिल्ला चारै श्रृंखलाले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *