‘सिटामोल’को ‘रातो पछ्यौरी’मा सौगात र बेनिशाको प्रेम
२१ साउन २०८२ ११:१९
यहि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । यो चलचित्रको प्रचार सामाग्रीले चर्चा पाइरहेको बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो ।
अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द, संगीत तथा एरेञ्ज छ । गीतले नेपाली मौलिकता झल्काउने र चलचित्रको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ । यसअघि सार्वजनिक गीत तथा पोस्टरले समेत दर्शकको ध्यान राम्रैसँग तानेको देखिन्छ ।
राज बहादुर साने निर्देशितयो चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाको यो डेब्यु चलचित्र हो।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, गंगाराम श्रेष्ठ सह-निर्माता, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र दिव्य सुवेदीको डीओपि रहेकोछ।