गत शनिबारदेखि छायांकन सुरु भएको चलचित्र ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो ।
विसं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा छायांकन भइरहेको हो । यसको सेटमा काठमाडौंमा कस्ता घर थिए भन्ने देखिएको छ ।
‘काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,” निर्देशक दीपेन्द्र के खनालले भने, ‘त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ । खनालले भने।
सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा ब्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।
काठमाडौँसँगै काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगञ्जमा यो चाचित्र खिचिने छ । चलचित्रमा दीपेन्द्र के खनालकै लेखन र निर्देशन छ । पाइलटसमेत रहेका यो चलचित्र रामेश्वर थापाको बायोपिक हो । रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्माता रहेका चलचित्रको कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् ।