‘सुख दु:ख’मा भित्रीए मदनकृष्ण

१९ साउन २०८२ ५:१९

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने चलचित्र ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ भित्रिएका छन्। उनि यो चलचित्रको एक महत्वपुर्ण भुमिकाको लागि अनुबन्धित भएका हुन्।

यो चलचित्रमा अनुबन्धित भएपछि मदनकृष्ण उत्साहित छन्। उनले उत्साहित हुदै भने मलाई यो चलचित्रको कथा मन परेको कारण अभिनय गर्न राजी भएको हू।

मदनकृष्णलाई चलचित्रमा भित्रिएपछि नीता निकै उत्साहित हुदै भनिन्,‘चलचित्रको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’

गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक चलचित्रको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन। यसअघि यो चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्रका निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन् ।

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *