हरिबहादुर पात्रलाई झल्काउने ‘हरिबहादुरको जुत्ता’को पोस्टर

१७ साउन २०८२ ५:१०

दशैँको फूलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउने यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्य फिचर्ड छन् । यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ।

शान थापा र विजय वस्यालले तयार गरेको यो चलचित्रको पोस्टरमा हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को चलचित्रको पोस्टरले दिन्छ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *