नायक पल शाह अभिनित चलचित्र ‘मोहर’ यहि श्रावणको २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ। देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको यो चलचित्रमा उनी मुख्य भूमिकामा छन्।
केहिदिन अगाडि यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो। सार्वजनिक ट्रेलरले यतिबेला चलचित्रप्रति दर्शकको चासो बढाएको छ भने यता, नायक पल शाहले पनि राम्रै चर्चा बटुलिरहेका छन्।
सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथा यसको ट्रेलरमा छ। दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन्। यसमा आएका अधिकाश प्रतिक्रियाहरु सकारात्मक छन्।
यता, नायक पल शाहले चलचित्रको व्यापक प्रचारप्रचार पनि गरिरहेका छ। जसलेगर्दा, उनी यो चलचित्रप्रति निकै आशावादी रहेको बुझ्न सकिन्छ। यो चलचित्रको लागि पलले गरेको कडा मिहेनत देख्दा लाग्छ, ‘मोहर’ले पललाई फर्काउने पक्का छ। र, उनी यो चलचित्रबाट फर्किन जरुरी पनि देखिन्छ।
किनकि, केहि निर्देशक र निर्माताले पल शाह माथी गरेको विश्वास घातलाई चिर्न, दर्शकप्रति गुमेको विश्वास फर्काउन र बक्स अफिसमा आफूलाई बलियो साबित गर्न ‘मोहर’ उनी आफैका लागि चुनौतिपूर्ण चलचित्र हो। यदी, यो चलचित्रले यी चुनौती पार गर्न सकेको खण्डमा पलले राम्रै नतिजा हासिल गर्नेमा कुनै दुइमत छैन्।