चर्चित रियालिटी शो ‘कमेडी दरबार’ टिमले चलचित्र ‘क का कि की’ घोषणा गरेको छ । सोमबार यो चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेको हो।
यो चलचित्र पूर्ण कमेडी शैलीमा रहेर निर्माण हुनेछ। यो चलचित्रमा चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ।
यो चलाचित्रल्लाई विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यो उनीहरुको डेब्यु निर्देशकिय चलचित्र हो । सार्वजनिक पोस्टरमा कलाकारको भाव, चलचित्रको टाइटल र निर्माण टिमको जनरा प्रस्तुत छ।