‘सुम्निमा’मा स्प्लिट्सभिल्लाका अनिकेत फाइनल

१३ साउन २०८२ ८:२८

चलचित्र ‘सुम्निमा’मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत छनोट गरिएको हो। अनिकेत स्प्लिट्सभिल्लाको १४औं सिजनमा उत्कृस्ट आठमा परेका थिए।

यो चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्नेछन्। नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ। अनिकेतको यो डेब्यू चलचित्र ह।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्ने चलचित्र ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित हुनेछ। यद्यपि नामले नारीप्रधान जस्तो लागे पनि, कथा भने प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित रहने निर्देशक चाम्सले बताए।

यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही चलचित्रमा अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको चयनको प्रक्रिया जारी रहेको छ। चलचित्रको लेखन राजीव थापाले गरेका हुन्।

आउँदो अगस्टदेखि लन्डन र नेपालमा यो चलचित्रको छायांकन हुनेछ । निर्देशक चाम्सको पछिल्लो बायोपिक चलचित्र ‘अञ्जिला’ ले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गर्दै नेपाली बायोपिक विधामा नयाँ कीर्तिमान बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *