सुशील पोखरेलको निर्माण रहने चलचित्र ‘परालको आगो’बाट कलाकार जितु नेपाल बाहिरिएका छन् । बुझिएअनुसार, जितुले यो चलचित्रको कथावस्तु र निर्माणटिम माथि हस्तक्षेप गर्न खोजेपछि उनि यो चलचित्रबाट बाहिरिएका हुन्।
निर्माता पोखरेर र जितु बिच केही समय अगाडि संझौता भएको थियो । तर, आन्तरिक रुपमा पोखरेर र जितुको कुराकानी मिल्न नसकेपछि उनि यो चलचित्रबाट ब्याक हटेका हुन्।
यो चलचित्रको छायांकन भदौ महिनाबाट गर्ने तयारि निर्माणपक्षको छ । तर, यो मितिमा आफूले समय दिन नसक्ने भएका कारणले गर्दा पनि जितु यो चलचित्रबाट ब्याक हटेको बुझिएको छ। जितु यो चलचित्रबाट ब्याक हटेपछि उनको साटो अर्को कलाकार राख्ने तयारीमा निर्माणपक्ष जुटेको छ।
यस अगाडि नै यो चलचित्रको लागि नायक प्रकाश सपुत र नायिका सुहाना थापा फाइनल भइसकेका छन् । चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन्।