‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’मा प्रेमिल जोडीहरूको कथा

१२ साउन २०८२ ६:२९

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘मसुरीको दाना’ बोलको गीत रिलिज गरिएको छ। अञ्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

यो गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडी फिचर्ड छन्। यो गीतको भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्।

प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । भिडियो राम्रो बनेको छ । चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन रहेको यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *