अनिल बुढा मगरको निर्देशनमा बन्ने चलचित्र ‘मितज्यू’मा नायक सौगात मल्ल जोडीएका छन् । यसअघि यो चलचित्रमा नायक दहाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने जोडिएका थिए ।
चलचित्र ‘कबड्डी ४’मा सौगात र दयाले एकसाथ काम गरेका थिए। जुन, दर्शकले निकै रुचाउनुका साथै ब्लकबस्टर भएको थियो । अब, ‘मितज्यू’ मार्फत सौगात र दया पुन: एकसाथ सहकार्य गर्न लागेका हुन्। यो चलचित्रका लागि अन्य कलाकारहरुलाई अनुबन्धित गर्ने निर्माणपक्षले बताएको छ ।
महेश राइको लेखन रहने यो चलचित्रलाई ढोरपाटन र पोखरामा खिचिने छ। यो चलचित्रका निर्माता जनक घर्ती मगर हुन् ।
यो चलचित्रलाई चैत्रको २७ गते प्रदर्शन गर्ने घोषणा गरिएको छ। जी.एम. मुभिज प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुने चलचित्रको छायांकन मंसिरको दोस्रो हप्तादेखि सुरु हुनेछ । चलचित्रलाई शिशिर विसङ्खेले छायांकन गर्ने छन्।