कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले अब चलचित्र निर्देशन गर्ने भएका छन्। ‘सक्किगोनी’ टेलिचलचित्र निर्देशन गरेका उनले ‘झरीपछिको इन्द्रेणी’ नामक नयाँ चलचित्र निर्देशन गर्ने बताइएको छ।
यो चलचित्रलाई पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो। यो चलचित्रको नाम चलचित्र विकास बोर्डमा समेत दर्ता भइसकेको छ।
सुशील कडरियाले निर्माण गर्ने यो चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत रहने जनाइएको छ । तर, यसबारे निर्माणपक्षले केही पनि बताएको छैन्।
यो चलचित्रमा कुमार ब्यञ्जनकारको लेखन रहने छ। यो चलचित्रको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ । कलाकारहरूको बारेमा केही पनि बताइएको छैन । तर, निर्माणपक्षले केहि समयमा चलचित्रको अफिसियल घोषणा गरेर सबैकुराको जानकारी दिने बताएको छ।
जेपिटी क्रियशनका प्रमुख समेत रहेका कलाकार अर्जुन घिमिरेको टिमले ‘लाज शरणम्’ निर्माण गरेको थियो।