‘खजुरे ब्रो’ बाट नेपालि चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री नीति शाह अभिनित पछिल्लो चलचित्र ‘नरसिंहाः अवतार’ हो। ‘नरसिंहाः अवतार’ले नीतिको करिअरलाई माथि उठाउने विश्वास गरिएको थियो । तर, यो चलचित्रले पनि नीतिलाई सफलता दिन सकेन। यो उनको दुर्भाग्य नै मान्नुपर्छ।
हुन, त नायिका नीति शाह अभिनित चलचित्र बक्स अफिसमा हिट नभएपनि उनको पाइपलाइनमा चलचित्रको कमि छैन्। उनै नीति शाह अभिनित चलचित्र ‘मोहर’ यहि श्रावणको २३ गतेबाट प्रदर्शनमा आउँदैछ।
चलचित्र ‘मोहर’लाई लिएर नीति यो पटक अझै धेरै आशावादी छिन्। आफ्नो कुनै पनि चलचित्रले सोचेजस्तो परिणाम हासिल गर्न नसक्दा ‘मोहर’लाई लिएर उनि आशावादी हुनु स्वाभाविक नै हो।
तर, यो पटक नीतिलाई बक्स अफिसको दबाब पनि उत्तिकै बढेको छ। त्यसैले, ‘मोहर’को बक्स अफिसलाई लिएर उनी थोरै नर्भस पनि छिन्। किनकि, नीतिको लागि ‘मोहर’ ठुलो चुनौतिको रुपमा खडा भएको छ।
यदि, यो चुनौतीलाई पार गरेर ‘मोहर’ले बक्स अफिसमा हिटको ब्यापार गरेको खण्डमा नीतिको करिअरले एउटा नयाँ मोड भने पक्का लिनेछ।
‘देउकी’ प्रथामा आधारित भएर निर्माण गरिएको यो चलचित्रले एउटा पारिवारिक कथा भन्छ। चलचित्रको ‘झुम झुम’ बोलको गीतले यतिबेला दर्शकको मन जितिरहेको छ।
यो चलचित्रमा पल शाह र बेनिशा हमालसँगै नीति शाह, अर्जुन जङ्ग शाही, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। निर्माणपक्षले केही दिनभित्रै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको छ।