‘एक्लो’को दुई मिनेट दृश्य खिच्न ६ घण्टा

९ साउन २०८२ ५:५९

चलचित्र ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्न विशेष तयारी गरिएको थियो, जसमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुन सहभागी थिए।

वैज्ञानिक कल्पनामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ। उक्त दृश्यले चलचित्रको कथा अघि बढाउने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्छ।

निर्देशकका अनुसार, यो चलचित्रको दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो। यो नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुष महिनामा, क्रिसमस अवसर पारेर रिलिजको तयारी भइरहेको छ।

कार्यकारी निर्माता विनोद सुवेदी रहेको यो चलचित्रले यसअघि कान्स फिल्म फेस्टिभल को बजार क्षेत्र (मार्केट) मा आफ्नो उपस्थिति जनाएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बटुलेको छ।

यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकन छन्।

यो चलचित्रको निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन्, कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ र बाबु श्रेष्ठको छायांकन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *