सुयोग गुरुङले निर्देशन गरिरहेको चलचित्र ‘जेरीः अन टप’को अन्तिम चरणको छायांकन सुरु गरिएको छ । गतबर्ष असोज महिनाबाट सुरु भएको यो चलचित्रको छायांकन विभिन्न चरणमा अगाडि बढेको थियो ।
यो चलचित्रको अन्तिम चरणको छायांकन १५ देखि २० दिनमा सकाइने निर्माणपक्षको तयारि छ। यसअघि खिचिएका सम्पूर्ण दृश्यको सम्पादन र भीएफएक्सको काम सकिएको छ ।
चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय छ । यो चलचित्रको फस्टलुक पोस्टर केहि दिनमा सार्वजनिक हुनेछ ।
सरोज न्यौपानेले निर्माण गरेको यो चलचित्र असोजको ३१ गते प्रदर्शनमा आउने छ।