चाम्सको ‘सुम्निमा’मा अनुप विक्रमको इन्ट्री

८ साउन २०८२ ५:०१

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । यो चलचित्रमा अनुप हिरो र भिलेनमध्ये कुन भूमिकाका लागि अनुबन्धित भएका हुन् त्यसबारे जानकारी गराइएको छैन ।

निर्देशक चाम्सका अनुसार यो चलचित्रमा उनले करिअरमा अहिलेसम्म नगरेको चरित्र निर्वाह गर्ने भएका छन् । यो चलचित्रमा यसअघि अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन् । अन्य कलाकार चयनको काम अझै जारी रहेको निर्देशक चाम्सले बताए ।

गोर्खा फिल्म्सले चाम्स इन्टरटेन्मेन्टसँग निर्माणमा सहकार्य गरेको यो चलचित्र विशुद्ध प्रेमकथामा आधारित रहनेछ। राजीव थापाको लेखन रहेको यो चलचित्रको छायांकन आगामी भदौ महिनाबाट लण्डन र नेपालमा हुनेछ ।

निर्देशक चाम्स निर्देशित पछिल्लो चलचित्र ‘अञ्जिला’ (बायोपिक) सुपरहिट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *