उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्र ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको टिजरमा रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला देख्न सकिन्छ ।
चलचित्रको टिजरमा नायक दयाहाङ राई गम्भीर अवस्थामा प्रस्तुत छन् भने नायिका रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय र रमाइलो चरित्र र वुद्दि तामाङको अभिनय प्रस्तुत गरिएको छ।
वीरबल घले कार्यकारी निर्माता रहेको यो चलचित्रमा टीका गुरुङ, जित यात्री गुरुङ र दान बहादुर घले छन् । चलचित्रमा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन छ ।
भदौको २० गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा शैलेन्द्रध्जव कार्कीको छायांकन छ । यसअघि यो चलचित्रलाई भदौको २७ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको थियो।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रमा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डीबी गुरुङ लगायतका कलाकारहरूको अभिनय छ ।