अहिलेका चर्हित गायक तथा मोडेल दुर्गेस थापाले गुराँस नानीलाई फोन उपहार दिने घोषणा गरेका छन्। अहिले अस्ट्रेलिया टुरमा रहेका उनले एक पोस्ट मार्फत मोबाइल उपहार दिने घोषणा गरेका हुन्।
आफू अस्ट्रेलिया जानुअघि ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले सो फोन गुराँस नानीलाई दिने भएका छन्।
पछिल्लो गीत ‘जाने भए जाम माया’मा गुराँस नानीले अभिनय गरेकी छिन्। यो गीतको सफलतापछि गायक थापाले मोडल गुराँस नानीलाई उपहारस्वरुप उक्त मोबाइल दिन लागेका हुन् ।
दुर्गेशले अस्ट्रेलियाबाट स्टाटस लेख्दै भनेका छन्, ‘गुराँस नानी, हजुरको सपना, कलाकारिताको चाहना र हजुरको शैलीलाई मन पराएर नै हामीले पछिल्लो समय हजुरसँग सहकार्य गर्यौं, जसले खनिकै सफलता प्राप्त गरेको छ । म ‘अनर’ मोबाइको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो एक्स सिक्स सी फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ । अब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान – दुर्गेश थापाको तर्फबाट ।’