मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो : दीपकराज

२ साउन २०८२ ८:३५

कलाकार दीपकराज गिरीले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि तीखो व्यङ्ग्य गरेका छन्।

हालै सार्वजनिक भएका भ्रष्टाचार सम्बन्धी घटनाहरूको पृष्ठभूमिमा गिरीले मन्त्रीहरूलाई व्यङ्ग्यात्मक शैलीमा ‘घुस कसरी खाने’ तालिम दिनुपर्ने बताउँदै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

गिरीले फेसबुकमा लेखेका छन्, “लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला।”

यो टिप्पणी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका नाम जोडिएका घुस प्रकरणसँग सन्दर्भित छ। गुप्ताले यसअघि राजीनामा दिइसकेका छन् भने अधिकारीमाथि पनि आलोचना बढिरहेको छ।

गिरीले व्यङ्ग्य गर्दै यस्ता मन्त्रीहरूलाई भ्रष्टाचारमा ‘सिकाउने’ कुरा गर्नु, हालको राजनीतिक तथा नीतिगत अवस्थामाथि गहिरो कटाक्षका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *