‘सिटामोल’को मर्मस्पर्शी गीत ‘मुटुभित्र खिल छ हजुर’ रिलिज

२ साउन २०८२ ४:१७

यहि साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि फिचर्ड छन् ।

संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । ‘सिटामोल’को यो मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली रजतपटमा बिशेष भूमिकामा डेव्यु गरेका हुन् । यो गीतले दर्शकमाझ चलचित्रको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ ।

निर्माता तथा निर्देशकले ‘सिटामोल’ मार्फत् बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।

राज बहादुर साने निर्देशित यो चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाको यो चलचित्र डेव्यु हो।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती, भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्माता रहेको चलचित्रमा बन्दे प्रसादको सम्पादन र दिव्य सुवेदीले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *