चाम्सको ‘सुम्निमा’मा कुन्साङको प्रवेश

३० असार २०८२ ९:१५

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजनको प्रवेश भएको छ। कुन्साङले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा रहेको बताए। कुन्साङ यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने तयारीमा छन्।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन्। चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ। बायोपिक चलचित्रमा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ‘अन्जिला’ ले बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *