कामेश्वर फिचर्ड ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर

३० असार २०८२ ८:४५

भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टरमा कामेश्वर चौरासियालाई फिचर्ड छन्।

सार्वजनिक पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बुझ्न सकिन्छ ।

चलचित्रमा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुँदैछ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् ।

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *