कान्तिपुर फिल्म एकेडेमी र कान्तिपुर थिएटरको प्रस्तुतिमा मञ्चन हुन लागेको नाटक ‘शिरीषको फूल’ को लागि नायक जीवन लुइँटेल नेपाल आइपुगेका छन् । साउनको ८ गतेबाट मञ्चन हुने यो नाटकको लागि उनी, शनिबार बिहान नेपाल आइपुगेका हुन् ।
उनलाई एअरपोर्टमा कान्तिपुर फिल्म एकेडमीका सिइओ प्रकाश पुरीले जीवनलाई स्वागत गरे । उनि नेपाल आएसँगै वर्कसपमा समेत जोडिएका छन् । उनले, नाटककी महिला पात्र सनिषा भट्टराईसँग वर्कसप गरिरहेको भिडियो पनि सार्वजनिक भएको छ ।
करिब एक दशकपछि आफूलाई अभिनयमा कमब्याक गराउन लागेका यो नाटकलाई लिएर निकै नै उत्साहित देखिएका छन् । आफूमा यो नाटकको कथा पढेपछि छुट्टै खालको अनुभुती भएको उनको भनाई छ।
अब नेपालि चलचित्रमा पनि आफूलाई कमब्याक गराउने तयारी गरेका उनि दर्शकले आफूलाई नाटकमा रुचाउने विश्वास लिएका छन् । एक दशक अगाडि नेपाली चलचित्र क्षेत्रमा चर्चित रहेका जीवन अमेरिका हानिएपछि अभिनयबाट टाढा थिए । तर, अब उनले आफूलाई कमब्याक गराउँदै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्ने योजना बनाएका छन् ।