‘जारी २’ असोज ३ मा आउने

२७ असार २०८२ ७:३३

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘जारी २’को प्रदर्शन मिति तय गरिएको छ। यो चलचित्रलाई संविधान सभाको दिन पारेर असोज ३ गतेबाट रिलिज गर्ने तयारि निर्माणपक्षले गरेको हो ।

यो चलचित्रको निर्माणपक्षले अहिलेसम्म प्रदर्शन मिति घोषणा गरेको छैन । तर, बुझिएअनुसार, आगामी असोजको ३ गतेबाट यो चलचित्र आउने तयारि निर्माणपक्षको छ ।यो चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

साउथ फिल्म ‘कान्तरा २’ दसैको टिकाको दिनमा आउने पक्का भइसकेको छ । यसैले, ‘जारी २’लाई संविधान सभाको बिदाको अवसर पारेर रिलिज गर्ने र घटस्थापनादेखि फूलपातीमा समेत हलमा राम्रै स्थान दिने तयारी यसको टिमको छ ।

रामबाबु गुरुङले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रको अघिल्लो सिरिज ‘जारी’ले बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । यो चलचित्रको छायांकन पाँचथरमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *