गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को प्रदर्शन मिति घोषणा गरिएको छ । एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यो चलचित्र कात्तिकको २१ गतेबाट प्रदर्शनमा आउने भएको हो।
यो चलचित्रकी निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरुबिच कात्तिक २१ बाट प्रदर्शन गर्ने सहमति भएको हो । किनकि, यो मितिमा रिलिज हुने भनिएको चलचित्र ‘कल्ली’ फागुन १ गते पुगेपछि ‘मन बिनाको धन’लाई कात्तिक २१ अझै सहज भएको हो।
सामाजिक विषयवस्तुमा तयार भएको यो चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ ।
टंक बुढाथोकीको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको यो चलचित्रमा सपना शर्मा कार्यकारी निर्माता, टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।