रामेश्वर थापाको बायोग्राफीमा ‘क्याप्टेन साब’ घोषणा

२६ असार २०८२ ६:४५

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । पाइलटसमेत रहेका क्याप्टेन रामेश्वर थापाको बायोग्राफी यो चलचित्र बन्ने छ। रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । बिहिबार भएको मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो ।

पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो चलचित्र भदौको पहिलो साताबााट छायांकनमा जानेछ ।

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

निर्देशक दिपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, भीमसेन शाही ‘रोयल भीमसेन’ पोस्टर तथा पब्लिसिटी डिजाइन रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *