‘शिरिषको फूल’बाट सनिषाको डेब्यू

२५ असार २०८२ ५:५९

आगामी साउनको ७ गतेबाट मञ्चन हुन लागेको नाटक ‘शिरिषको फूल’ बाट नायिका सनिषा भट्टराइले नाटकमा डेब्यू गर्ने भएकी छिन् । कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमामा मञ्चन हुन लागेको यो नाटकमा सनिषाले डेब्यू गर्न लागेकी हुन् ।

यो नाटकको अहिले वर्कशपको काम भइरहेको छ । यो नाटकमा सनिषाले ‘सकम्बरी’ पात्रको भूमिका निर्वाह गर्दैछिन् । त्यस्तै, यो नाटकमा नायक जीवन लुइटेलले पनि अभिनय गर्दैछन् । जीवन यहि नाटकका लागि नेपाल आउने तयारीमा छन् ।

सनिषाले अहिले नाटकका लागि निकै मिहिनेत गरिरहेकी छिन् । जीवनले भने अमेरिकामा नै रहेर आफ्नो भूमिकाको अध्ययन गरिरहेको कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीले बताए। त्यस्तै, नाटकमा राज न्यौपानेको पनि अभिनय रहनेछ ।

चलचित्र ‘१२ गाउँ’बाट फिल्म यात्रा सुरु गरेकी सनिषाले ‘नरसिंहाः अवतार’मा पनि काम गरिन् । सनिषा यो नाटकलाई लिएर निकै उत्साहित छिन् । नायक जीवन लुइटेलले यही नाटकबाट अभिनयमा १० वर्षपछि कमब्याक गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *