‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक
२५ असार २०८२ ५:४१
कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को पहिलो डान्सिङ नम्बरको गीत सार्वजनिक गरिएको छ। मंगलबार निर्माणपक्षले ‘त्यो मिठो जोवन’ बोलको गीत सार्वजनिक गरेको हो।
दीपक शर्माको शब्द तथा संगीत,रचना रिमाल र सविन सुवेदीको स्वर,कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई मधुसुदन शर्माले निर्माण गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने देखिन्छ ।
निर्देशक ऋषि लामिछाने निर्देशन गरेको यो चलचित्रले अहिलेको अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा प्रस्तुत गर्नेछ। चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। मुनाल पुरानो निर्माता हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । साथमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।