सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको यो ‘चलचित्रको छायांकन ५१ दिनमा सोमबार सकिएको निर्माणपक्षले बताएको हो ।
भदौको १२ गते नेपालसहित विश्वका विभिन्न ४० देशमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्र मकवानपुरको चित्लाङ, मार्खु लगायतका क्षेत्रमा गीतको छायांकन गरिएको हो । यसअघि चलचित्रको छायांकन च्यासलमा सेट लगाएर, स्याङजाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरूको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुरागको निर्माण रहेको यो चलचित्रमा बाबु श्रेष्ठले छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।