नेपालसहित ४० देशमा ‘कोशेढुङ्गा’ रिलिज

१० असार २०८२ ८:५६

आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको यो चलचित्र नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने भएको हो ।

यो चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । डायस्पोरामा नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक ‘कोशेढुंगा’ एकसाथ ४० देशमा आगामी भदौ १२ गते (अगस्ट १८ मा) एकसाथ ४० देशका हलहरूमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिए ।

यो चलचित्रले गाउँले सेटअपमा मौलिक कथा पस्किनेछ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *