नायक विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाएको हस्ताक्षर अभियानमा साथ् दिएका छन्। उनले आइतबार स्वतन्त्र पार्टीको कार्यालय पुगेर रवि लामिछानेको बारेमा पार्टीले संचालन गरेको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका हुन् ।
नायक कार्कीले हस्ताक्षर गरेपछि अहिले सो विषयमा सामाजिक संजालमा विभिन्न खालका बहस भइरहेका छन् । ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिन पनि सहभागी भएका थिए।
असारको ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । सोही हस्ताक्षर अभियानमा विपिन सहभागी भएका हुन् । विपिनले हस्ताक्षर गरेपछि कतिपयले सामाजिक संजालमा अब उनको फिल्म नै नहेर्ने तर्क गरिरहेका छन् भने कतिपयले विपिनलाई धन्यवाद पनि दिइरहेका छन् ।
विपिन अभिनित पछिल्लो चलचित्र ‘ऊनको स्विटर’ले बक्स अफिसमा १० करोड माथिको व्यापार गर्यो।