‘माग्ने राजा’को प्रदर्शन घोषणा, भदौ ६ गते आउने

८ असार २०८२ ४:३०

ऋषि लामिछानेको निर्देशन रहेको चलचित्र ‘माग्ने राजा’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले शुक्रबार यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

निर्माणपक्षले सार्वजनिक गरेको दुई पोस्टरमध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा यसका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राई फिचर्ड छन्।

मुनाल घिमिरेको निर्माण रहेको चलचित्र ‘माग्ने राजा’ले अहिलेको अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा बोल्छ। मुनाल लामो समयपछि निर्माणमा फर्केका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *