‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले भन्न खोजेको के हो ?

३० जेठ २०८२ ५:२५

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते रिलिज हुदैछ। अहिलेको सन्दर्भमा धेरै चलचित्रहरु निर्माण हुदैगर्दा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले दर्शकलाई के दिन्छ ?

निर्देशक न्यौपाने भन्छन्, ‘हाम्रो चलचित्रको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रष्ट पारेका छन् भन्ने लाग्छ । हामी आम नेपालीले भोगेको समस्या हाम्रो चलचित्रमा देखाउनेछ। भर्खरै आएको गीतले पनि यो प्रष्ट पारेको छ । आमालाई अघाध माया गर्ने छोराले आमालाई खुसी दिन गरेको संघर्ष र पराइको पाइला चालेको देखिन्छ ।’ उनले भने।

आम निम्न बर्गीय र मध्यमबर्गी नेपालीले भोगिरहेको समस्या आफ्नो चलचित्रमा रहेको निर्देशक न्यौपाने बताउँछन् । आर्थिक रूपमा टक्टिकिएर झन् सानो भएको छोरोको ठूलो मन ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा देख्न पाइने उनले बताएका छन् । रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटानाहरुको बीचबाट दर्शकमाझ प्रस्तुत हुने उनको भनाई छ।

विजय बराल यो चलचित्रको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रमा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको पनि अभिनय रहेको छ । चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *