जापानमा छायांकन हुने कृषाको नयाँ फिल्मको नाम ‘जहाजैमा’

२८ जेठ २०८२ ६:५०

यूएनए प्रोडक्सनको निर्माण र निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुने चलचित्रको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर साइन गरेकी यो चलचित्रको नाम ‘जहाजैमा’ राखिएको हो ।

निर्माणपक्षले मंगलबार चलचित्रको नाम सहितको थिम पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देख्न सकिन्छ। चलचित्रको पोस्टर हेर्ने हो भने यसले जापान जाने सपना बोकेका युवाहरूको कथा भन्न खोजेको देखिन्छ ।

यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ। सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो चलचित्रको छायांकन आगामी भदौबाट गरिनेछ ।

नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिने यो चलचित्रलाई उज्ज्वल गुरागाँइले निर्माण गर्न लागेका हुन्। यो चलचित्रमा नेपाल र जापानका कलाकारहरूको अभिनय रहनेछ । एक महिनासम्म चलचित्रको छायांकन जापानमा नै हुने बताइएको छ ।

चलचित्र ‘पिताम्बर’ले चर्चा पाएपछि २ वटा प्रोजेक्टमा लागिपरेकी कृषा हाल यो चलचित्रको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *