निर्देशक सुयोग गुरुङ ‘फर्की फर्की २’ सिरिजको तयारीमा लागेका छन् । गत वर्ष रिलिजमा आएर चर्चा पाएको ‘फर्की फर्की’ रोहित अधिकारीले नै निर्माण गर्नेछन् ।
यो चलचित्रको अहिले पटकथा र संवाद लेखनको काम भइरहेको छ । सुयोगका अनुसार, यो चलचित्रको कथाको ढाँचा तयार भइसकेको छ, यो पटक एकजना युवकको सपना र समयको कथा चलचित्रले पेश गर्छ।
निर्माता अधिकारीले ‘माइतीघर’पछि आफ्नो तीन वटा प्रोजेक्ट पाइपलाइनमा रहेको र त्यसमध्ये ‘फर्की फर्की २’ पनि रहेको सुनाए । चलचित्रको कथावस्तु आफूलाई पनि निकै मन परेर यो चलचित्र निर्माण गर्न लागेको रोहितले बताए ।
चलचित्र ‘जेरीः अन टप’ रिलिज भएपछि सुयोगले ‘फर्की फर्की २’को छायांकनको काम अगाडि बढाउने बताए । यो चलचित्रमा अनमोल केसीलाई ‘म्याडी’कै अवतारमा देखाउने तयारी सुयोगको छ । चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने योजना सुयोग र रोहितको छ ।