उषा रजको प्रवेशसँगै ‘महाराजधिराज’मा कलाकारहरुको लाइनअप पुरा

२८ जेठ २०८२ ४:२९

निर्देशक परिच्छेद सेनको चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजकको प्रवेश भएको छ। यो चलचित्रको मुख्य भूमिकामा उनि अनुबन्धित भएकी हुन्। यो चलचित्रमा उनको प्रवेशसँगै कलाकारहरुको बलियो लाइनप पूरा भएको हो।

यसअघि यो चलचित्रमा आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन्।चलचित्रमा जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको चलचित्र ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *