‘द ब्ल्यू लाइट’मा बारगर्ल हुन् बेनिशा ?

२६ जेठ २०८२ ५:५५

बलिराम चौहानको निर्देशन गरिरहेको चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।

निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ । पोस्टरले कतै यो चलचित्रले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत गरेको छ । तर, प्रष्ट छैन ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रमा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको चलचित्रको कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीको हुनेछ । यो चलचित्र सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *