‘यो मन त मेरो नेपाली हो’को टिजर रिलिज

२४ जेठ २०८२ १०:०३

मित्र प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर र एउटा गीतपछि सार्वजनिक गरिएको टिजरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँग नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिएको छ ।

असारको २७ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्ममा मित्र प्रधान प्रस्तुतकर्ता र जान बहादुर प्रधानको लगानी छ । शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको चलचित्रमा वनिश शाहको सम्पादन छ ।

यो चलचित्रको छायांकन झापा, इलाम, भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र अमेरिकामा गरिएको छ । चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राइको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *